दुबईमा नेपाली उद्यमशीलताको पहिचान बनाउँदै ‘कम्पनी दाई’

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b6f8963e5cc.jpg

काठमाडौं । दुबईलाई आज विश्वव्यापी व्यापारिक केन्द्रका रूपमा चिनिन्छ जहाँ हजारौँ उद्यमीहरू आफ्नो भविष्यको सम्भावना खोज्दै आइपुग्छन्। यसै सन्दर्भमा  GSR Group ले आफ्नी सहायक संस्था GSR Businessman Services LLC मार्फत कम्पनी रजिस्ट्रेशन र बिजनेस सेटअपका जटिल प्रक्रियालाई सहज, पारदर्शी र छिटो बनाउन निरन्तर योगदान दिँदै आएको छ। यस ग्रुपको सफलता पछाडि मनोज पोख्रेलको नाम जोडिएको छ, जसलाई सबैले माया गरेर ‘कम्पनी दाई’ भन्छन्।

नेपाली युवाहरूलाई श्रमिक मात्र होइन, उद्यमीका रूपमा पनि स्थापित गर्न सकिन्छ भन्ने विश्वास जगाउने पोख्रेलको दृष्टि प्रशंसनीय छ। प्रायः अनुभव र मार्गदर्शनको अभावले विदेशमा व्यवसाय सुरु गर्न हिच्किचाउने नेपालीलाई यस ग्रुपले सहज बाटो देखाइदिएको छ भने, समय–समयमा ल्याइने अफरहरूले उद्यमशीलतालाई अझ प्रेरित बनाएको छ।

कानुनी प्रक्रिया, कागजी काम र प्रशासनिक चुनौतीलाई सरल र छिटो बनाउँदै GSR Group ले नेपाली उद्यमशीलतालाई विश्व बजारमा उभ्याउन महत्त्वपूर्ण योगदान दिएको छ। श्रमका लागि मात्र विदेश जानुपर्ने सोच परिवर्तन गर्दै पोख्रेलले नेपाली युवालाई व्यवसाय गरेर पनि प्रतिष्ठा र राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिइरहेका छन्, जसले भविष्यमा अझ धेरै युवालाई उद्यमशीलताको बाटोमा अघि बढ्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।


Facebook Comments