मालपोत कार्यालय काभ्रेका नासु ज्ञानेन्द्र भण्डारी नगदसहित अख्तियारको नियन्त्रणमा


काभ्रेपलाञ्चोक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय काभ्रेमा छापा मारेको छ । अख्तियारको टोलीले बुधबार बिहान मालपोत कार्यालय काभ्रेमा छापा मारेको हो ।
अख्तियारले २ लाख रुपैयाँ नगदसहित मुद्दा फाँटका कर्मचारी नासु ज्ञानेन्द्र भण्डारीलाई नियन्त्रणमा समेत लिएको छ । अहिले अख्तियारको टोली मालपोत कार्यालय काभ्रेमै रहेकाले थप जानकारी आउन बाँकी छ ।
Facebook Comments