इजाजत नलिएका सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाउन सर्वोच्चले पनि दियो परमादेश

.jpg)
काठमाडौं । कानुनबमोजिम इजाजत नलिएका सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाउन सर्वोच्च अदालतले पनि परमादेश जारी गरेको छ ।
सामाजिक सञ्जाल र विभिन्न माध्यम ओटीटी एप्सलगायत इन्टरनेट ब्राउजरको माध्यमबाट विज्ञापनसहित प्रसारण हुने सामग्रीमाथि रोक लगाउन दायर भएको रिटमा सर्वोच्चले बुधवार परमादेश जारी गरेको हो।
२०७७ पुसमा अधिवक्ता वीपी गौतमले विदेशी विज्ञापनसहितका सामाजिक सञ्जाल प्लेटफर्महरू निर्वाध प्रसारणमा रोक लगाउन माग गर्दै रिट दायर गरेका थिए । बुधवार न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले दुई वटा रिटमाथि सुनुवाइ गर्दै निवेदकको मागबमोजिम परमादेश जारी गरेको हो ।
Facebook Comments