हिशहोम र मेलुङ थकालीबीच साझेदारी: अब डिशहोमका ग्राहकलाई थकाली परिकारमा विशेष छुट

काठमाडौं । डिशहोमले नेपालकै चर्चित थकाली ‘मेलुङ थकाली’ सँग साझेदारी गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत आफ्नो सबै आउटलेटहरूमा विशेष सुविधा उपलब्ध गराउने भएको छ । मेलुङ थकालीसँगको साझेदारीसँगै सक्रिय डिशहोम ग्राहकहरूले अब मेलुङ थकालीका सबै आउटलेटहरूमा १० प्रतिशत छुट पाउने भएका हुन् ।
साझेदारीमा मेलुङ थकालीका सह–संस्थापक श्री बसन्त लामा, डिशहोमका चिफ न्यु प्रोडक्ट डेभ्लपमेन्ट एन्ड इन्टिग्रेसन अफिसर, श्री सबिन महर्जनले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर कार्यक्रममा डिशहोमका सीईओ तारा मानन्धरले भने, “यो साझेदारीले नेपालको मनपर्ने थकाली गन्तव्यलाई हाम्रो ग्राहकहरूको दैनिक जीवनमा अझ मूल्य थप्ने हाम्रो प्रतिबद्धतासँग जोडेको छ ।”
मेलुङ थकालीको पाँच आउटलेटहरू एअरपोर्ट, गठ्ठाघर, बानेश्वोर्, बौद्ध र बालुवाटारमा रहेको छ र अरु थप शाखाहरु पनि बिस्तारको क्रममा रहेका छन्। थकाली ब्रान्डसँगको यी सबै शाखाहरुमा अब डिशहोमका ग्राहकहरूलाई आफ्नो मनपर्ने थकाली परिकारमा छुटसहित खान सक्ने सुविधा दिइनेछ। यो सुविधा पाउनका लागि डिशहोम एम मार्फत सक्रिय रुपमा ग्राहक बनेको हुनुपर्ने छ ।
Facebook Comments