विधान महाधिवेशनबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा आज केन्द्रीय सचिवालय बैठक बस्दैछ । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अपराह्न ३ बजेका लागि निर्धारित बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । यही भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीमा हुँदैछ ।
Facebook Comments