एएफसी यु–२३ एसियन कप छनोटः ताजकिस्तानसँग हार्‍यो नेपाल

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b8f762674b0.jpg

काठमाडौं । एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ । ताजकिस्तानको दुसान्बेस्थित पामिर रंगशालामा गए राति भएको समूह ‘के’ को पहिलो खेलमा ताजकिस्तानसँग नेपाल ४–० गोलले पराजित भएको हो ।

ताजकिस्तानका लागि अजिजबोएभ मुहम्मादालीले दुई तथा रहमात्सोह रमात्जोदा र देलर सारिपोभले समान एक एक गोल गरेका अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आगामी शनिबार अर्को खेल नेपाल र सिरियाबीच हुनेछ । बुधबारको खेलमा सिरियाले फिलिपिन्सलाई २–१ गोलअन्तरले पाखा लगाएको थियो ।  


Facebook Comments