आज दुई संसदीय समितिको बैठक बस्दै

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Sanghiya-Samsad-Sachibalaya.png

काठमाडौं । आज राष्ट्रियसभाअन्तर्गतका दुई समितिको बैठक बस्दैछ । आज दिउँसो १२ः३० मा ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति’ को बैठक सिंहदरबारस्थित समितिको हलमा बस्दैछ । यो समितिको २९७ औँ बैठक  हो । बैठकमा प्रत्यायोजित विधायन र कानुन समाजसँग समितिको सहकार्य छलफललगायत विविध विषयमा छलफल हुनेछ । 

बैठकमा नेपाल कानुन समाजका अध्यक्ष तथा पूर्वउपसभामुख पुष्पा भुसाल (गौतम) र समाजका कार्यक्रम निर्देशक मोहनलाल आचार्यलाई आमन्त्रण गरिएको छ । 

यसैगरी, राष्ट्रियसभाअन्तर्गतकै ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ को ३०५औं बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा समितिको आव २०८२/८३ को वार्षिक कार्ययोजना र लुम्बिनी प्रदेशअन्तर्गत भएका अनुगमन एवम् अन्तरक्रियाको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यतालिका छ ।  


Facebook Comments