सभापति चयन गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै

User Image मेयरसाप डेस्क | २०८२ भदौ २० गते २२:०९
Image of https://mayorsap.com/storage/photos/10/68ba4670cc255.jpg

काठमाडौं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक आज बस्दैछ । कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आज दिनको ५ः१५ बजे बैठक बस्ने भएको हो । 

समितिको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रिया अगाडि बढाउने कार्यसूची छ । 

सो समितिको सभापति रहेकी ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सभापति रिक्त रहँदै आएको थियो । सोही समितिको सभापति चयनका लागि बैठक बोलाइएको सूचनामा उल्लेख छ ।


Facebook Comments