नेपालगञ्जमा ‘एनिमल एम्बुलेन्स’ सञ्चालनमा


राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले घाइते वा अशक्त जनावरको उद्धारका लागि ‘एनिमल एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ ।
यसले सडक दुर्घटनामा पर्ने, रोगी वा अशक्त जनावरलाई अस्पताल वा सेल्टरसम्म पुर्याउन सहज हुने भएको छ ।
पशु स्वास्थ्य शाखा प्रमुख अच्युत गौतमका अनुसार, एनिमल नेपाल नामक गैरसरकारी संस्थाले उपमहानगरपालिकालाई यो एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
नेपालगञ्जमा छाडा चौपाया सडक दुर्घटनामा परेर घाइते हुने समस्या बढ्दै गएपछि यो सेवा सुरु गरिएको हो ।
उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले यो एम्बुलेन्सले पशुहरूको उद्धार र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
Facebook Comments