संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bad5064d1b4.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा संसदीय सुनुवाइ समितिको सभापतिमा निर्विरोध चयन भएका छन् । समितिकी निवर्तमान सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा खतिवडाको एकल उम्मेदवारी परेको थियो ।

ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा शुक्रबार बसेको बैठकले खतिवडालाई सभापतिमा निर्विरोध चयन भएको घोषणा गरेको हो । सांसद श्यामकुमार घिमिरेले उनको नाम प्रस्ताव गरेका थिए भने नेकपा एमालेका सांसद महेश बर्तौलाले समर्थन जनाएका थिए ।

यसअघि राज्य व्यवस्था समितिको सभापति रहेका खतिवडाले संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको विवादपछि नैतिक र राजनीतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए ।


Facebook Comments