ललितपुरको हरिसिद्दीमा मन्त्रीको गाडीले ठक्कर दिँदा बालिका घाइते

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ad731e49611.jpg

ललितपुर । ललितपुरको हरिसिद्दीमा मन्त्रीको गाडीले ठक्कर दिँदा एकजना बालिका घाइते भएकी छन् । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर सवार गाडीले आज बिहान हरिसिद्दी उकालोमा ११ वर्षीय बालिकालाई ठक्कर दिएको हो । 

घाइतेको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ । एमालेको दोस्रो विधान अधिवेशनमा भाग लिन गोदावरीतर्फ जाँदै गरेको बेला दुर्घट्ना भएको हो ।

दुर्घटनापछि गोदावरी जाने मुख्य सडक अवरुद्ध भएको छ ।  स्थानीयले दोषीलाई कारवाहीको माग गर्दै सडक जाम गराएका हुन् । 


Facebook Comments