काठमाडौंको गोठाटारमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृ*त्यु


काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित सडकमा भएको सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ । यहाँस्थित पहेँलो पुलबाट जम्बुडाँडातर्फ जाँदै गरेको बा ५ ख ३२३९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री काठमाडौं चाबहिल बस्ने गोरखा घर भएकी ५८ वर्षीया जिरादेवी दानीको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी दानीको जोरपाटीस्थित शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैबीच काठमाडौंको सिनामङ्गलमा एक व्यक्ति मृत भेटिएका छन् । काठमाडौं महानगरपालिका–९ सिनामङ्गलस्थित तरकारी बजार नजिकै झाँडीमा अन्दाजी ३२ वर्षीय पुरूष आज मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । निजको पहिचान नखुलेको र घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।
Facebook Comments