‘जेन जी’को आन्दोलनलाई बालेनको समर्थन, भन्छन्– तपाईंहरू कस्तो देश देख्न चाहनुहुन्छ?
प्रदर्शनमा हस्तक्षेप नगर्न चेतावनी


काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि हुने प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पनि समर्थन जनाएका छन् ।
उमेर हदका कारण आफू सहभागी हुन नमिल्ने भए पनि उनले त्यसलाई पूर्ण समर्थन रहेको बताएका छन् ।
मेयर शाहले सामाजिक सञ्जालमार्फत उक्त प्रदर्शन ‘स्वतस्फूर्त’ र २८ वर्षमुनिका युवाहरूको भएको बताएका छन । उनले नेता, कार्यकर्ता र सांसदहरूलाई आफ्नो स्वार्थ पूरा गर्न प्रदर्शनमा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् ।
‘प्रिय जेन जी, भन्नुस् तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ?’ उनले प्रश्न गर्दै भनेका छन्, ‘म तपाईंहरूको कुरा बुझ्न चाहन्छु, मेरो भरपुर समर्थन छ।’
Facebook Comments