नेप्से परिसूचक ११ अंकले घट्यो, ४ अर्बमाथिको कारोबार

User Image मेयरसाप डेस्क | १८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bd55fa6fe2e.jpeg

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.५२ अंकले ओरालो लागेर २,७०८.२५ अंकमा कायम भएको छ । यो गिरावट शून्य दशमलव ४२ प्रतिशत हो ।

आज विभिन्न ३३४ कम्पनीका १ करोड ११ लाखभन्दा बढी कित्ता शेयर ५८ हजार ८७ पटकको कारोबारमा ४ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको खरिद–बिक्री भएको छ ।

आज १७३ कम्पनीको शेयर मूल्य घट्दा ७९ वटाको मात्र बढेको छ । कारोबार भएका कम्पनीहरूमध्ये हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ९.९७ प्रतिशतले घटेको छ ।

त्यसैगरी, एनआइबिएल समृद्धि फण्ड–२ को ५.८३ प्रतिशत, युनिभर्सल पावर कम्पनीको ५.१२ प्रतिशत र पञ्चकन्या माइ हाइड्रोपावरको ४.६२ प्रतिशतले शेयर मूल्य घटेको छ ।


Facebook Comments