महिला सरकारी वकिलको राष्ट्रिय सम्मेलन भोलीदेखि सुरु


काठमाडौं । नेपालमा महिला सरकारी वकिलको पहिलो राष्ट्रिय सम्मेलन सोमबारदेखि काठमाडौँमा सुरु भएको छ ।
‘महिला सरकारी वकिलको सशक्तीकरण, फौजदारी न्याय प्रणालीको सुदृढीकरण’ मूल नाराका साथ आयोजना गरिएको सम्मेलन भदौ २४ गतेसम्म चल्नेछ ।
महान्यायाधिवक्ताको कार्यालयले आयोजना गरेको सम्मेलनमा देशभरका करिब २५० महिला सरकारी वकिलको सहभागिता रहेको छ ।
सम्मेलनले महिला वकिलको पेसागत क्षमता अभिवृद्धि र व्यावसायिक विकासका माध्यमबाट फौजदारी न्याय प्रणालीको सुदृढीकरणमा टेवा पुर्याउने उद्देश्य राखेको छ ।
हाल सरकारी वकिल समूहमा रहेका कुल ५०२ जनामध्ये करिब २९ प्रतिशत मात्र महिला रहेका छन् ।
यो सम्मेलनलाई महिला सरकारी वकिलको आवाजलाई राष्ट्रियस्तरमा स्थापित गर्ने ऐतिहासिक कदमका रूपमा लिइएको छ ।
Facebook Comments