लहानमा गर्भवती तथा सुत्केरीलाई पोषण सामग्री वितरण

User Image मेयरसाप डेस्क | १८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bd77463589f.jpg

सिरहा । मातृ तथा नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले सिरहाको लहान नगरपालिकाले ९० जना गर्भवती तथा सुत्केरीलाई पोषण सामग्री वितरण गरेको छ । लहान नगरपालिका–१८ मा आज आयोजित एक कार्यक्रममा नगरप्रमुख महेशप्रसाद चौधरीले पोषण प्याकेज हस्तान्तरण गरेका हुन् । 

प्याकेजमा चामल, दाल, नुन, तेललगायत खाद्य सामग्रीका साथै लामखुट्टेबाट बच्नका लागि झुलसमेत दिइएको छ । नगरप्रमुख चौधरीले गर्भवती र सुत्केरीको स्वास्थ्य सुरक्षा नगरपालिकाको प्रमुख प्राथमिकता भएको बताए । 

यो कार्यक्रम नियमित स्वास्थ्य परीक्षण गराउने महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको नगर स्वास्थ्य शाखाका प्रमुख विन्देश्वर चौधरीले जानकारी दिए । लहान नगरपालिकाले प्रत्येक महिना फरक–फरक वडामा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


Facebook Comments