जेनजीको प्रदर्शनस्थलमा काठमाडौं महानगरपालिकाले राख्यो घुम्ती शौचालय

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68be63763b5f1.PNG

काठमाडौं । जेनजीले माइतीघर मण्डलामा आयोजना गरेको प्रदर्शनस्थलमा काठमाडौं महानगरपालिकाले घुम्ती शौचालय राखिदिएको छ ।

सामाजिक सञ्जाल बन्द गराउने सरकारको निर्णय र भ्रष्टाचारविरुद्धको प्रदर्शनमा महानगरपालिकाले निःशुल्क प्रयोग गर्न मिल्ने घुम्ती शौचालय राखिदिएको हो ।

अहिले युवाहरु भ्रष्टाचार, बेथिति र सामाजिक सन्जाल बन्दकाे विरुद्धमा नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् । उनीहरुको प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले समेत समर्थन गरेका छन् । 

 


Facebook Comments