प्रहरी कार्यालय कोहलपुरको हिरासतमा एक जनाको मृ*त्यु
मेयरसाप डेस्क
|
२०८२ भदौ २३ गते १९:१६
दाङ । इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा एक जनाको मृत्यु भएको छ । ज्यान मार्ने कसुरमा सोधपुछका लागि तीन दिनदेखि हिरासतमा राखिएका ३८ वर्षीय वीरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो ।
उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । तर उनको के कारणले मृत्यु भएको भन्ने खुलाइएको छैन ।
Facebook Comments