जेनजीको प्रदर्शन: नयाँ बानेश्वर–बबरमहल सडकमा सवारी आवागमन पूर्णरुपमा बन्द

User Image मेयरसाप डेस्क | २०८२ भदौ २३ गते १७:३४
Image of https://mayorsap.com/storage/photos/10/68be72debce3c.PNG

काठमाडौं । जेनजीले गरेको प्रदर्शनका कारण नयाँ बानेश्वर–बबरमहल सडकमा सवारी साधन आवागमन पूर्णरुपमा बन्द भएको छ । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्धको जेनजीको आन्दोलनका कारण उक्त सडक पूर्ण रुपमा प्रभावित बनेको हो । 

प्रदर्शनकारीहरु माइतीघर–बबरमहल हुँदै नयाँ बानेश्वर पुगेर अहिले सडकका दुवैतर्फका लेनमा प्रदर्शन गरिरहेका छन् । संसद भवन अगाडि नै प्रदर्शन गर्ने तयारीमा रहेका जेनजी युवाहरुलाई प्रहरीले ब्यारिकेड राखेर अघि बढ्नबाट रोकेको छ । 

भ्रष्टाचार, अव्यवस्थाविरुद्ध सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै आएका युवाहरु सामाजिक सञ्जाल नै बन्द गरिएपछि सडकमा उत्रिएका हुन् ।


Facebook Comments