प्रहरीको घेरा तोड्दै संसद् भवन अगाडि पुगे प्रदर्शकारी, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68be7afc88d1a.jpg

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध नयाँ पुस्ताका युवा जेनजीले गरेको प्रदर्शन प्रहरीको घेरा तोड्दै संसद् भवन अगाडि पुगेको छ । प्रदर्शनकारी संसद भवन अगाडि पुगेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको समेत भएको छ । 

प्रहरीले प्रदर्शनकारीलाई रोक्न बल प्रयोग गरेको छ । प्रदर्शनकारीमाथि लाठी प्रहार गर्नुका साथै अश्रुग्याँस समेत हानेको हो ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा समेत गरेका छन् । उनीहरूले संसद भवन बाहिरको पर्खाल फुटाइरहेका छन् ।

बन्द गरिएका सामाजिक सञ्जालको सुचारु र भ्रष्टाचारको अन्त्यको माग गर्दै जेनजी पुस्ताका युवाहरूको समूहले काठमाडौँको माइतीघरदेखि बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् । 


Facebook Comments