पर्खाल र गेट नाघेर संसद भवन भित्रै छिरे जेनजी प्रदर्शनकारी


काठमाडौं। सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा प्रदर्शन गरिरहेका जेनजी युवाहरु बानेश्वरस्थित संसद भवनभित्र प्रवेश गरेका छन् । संसद भवनको पर्खाल र गेट नाघेर उनीहरु भित्र छिरेका हुन् ।
प्रहरीले प्रदर्शनकारीलाई रोक्न बल प्रयोग गरेको छ । प्रदर्शनकारीमाथि लाठी प्रहार गर्नुका साथै अश्रुग्याँस समेत हानेको हो ।
Facebook Comments