काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68be7aee865c5.jpg

काठमाडौं । काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जेनजीको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार मध्याह्न साढे १२ बजेदेखि लागू हुनेगरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो।  

सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा प्रदर्शन गरिरहेका जेनजी युवाहरु बानेश्वरस्थित संसद भवनभित्र प्रवेश गरेका छन् । संसद भवनको पर्खाल र गेट नाघेर उनीहरु भित्र छिरेका हुन् ।

प्रहरीले प्रदर्शनकारीलाई रोक्न बल प्रयोग गरेको छ । प्रदर्शनकारीमाथि लाठी प्रहार गर्नुका साथै अश्रुग्याँस समेत हानेको हो ।


Facebook Comments