अभियान छोडेर काठमाडौं फर्किंदै माओवादी नेता, माग्यो प्रधानमन्त्रीको राजीनामा

'सरकारले ताकी ताकी गोली हानेको छ, यो हत्या नभएर नरंसहार हो'

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/prachanda.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रले जेनजी प्रदर्शनमा भएको हिंसात्मक घटनालाई नरसंहार भएको बताएको छ । ‘जनतासँग माओवादीस् मध्यपहाडी पुष्पलाल लोकमार्ग– जनजागरण अभियान’ अन्तर्गत गोरखामा रहेका शीर्ष नेताहरूको अनौपचारिक बैठकले प्रदर्शनकारीलाई सरकारले ताकी ताकी गोली हानेर नरसंहार गरेको निष्कर्ष निकालेको हो ।

बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ। जेनजी आन्दोलनका क्रममा सरकारले प्रदर्शन गरेको व्यवहार अनुचीत रहेको माओवादीको भनाइ छ । परिस्थिति सम्हाल्न पनि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने निष्कर्षमा पुगिएको नेताहरूले बताएका छन् ।

जेनजीको प्रदर्शनका क्रममा अहिलेसम्म १५ जनाको मृत्यु भइसकेको छ । यो घटनापछि माओवादी नेताहरू अभियान स्थगित गरेर काठमाडौं फर्किँदैछन् ।

 


Facebook Comments