प्रदर्शनकारीद्वारा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको घरमा तोडफोड

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bfb729ebca6.PNG

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड भएको छ । आज बिहानै देखि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा प्रदर्शनकारी गरिरहेका प्रदर्शनकारीले प्रचण्डको निवासमा समेत तोडफोड गरेका हुन् ।

उनीहरु गेट अगाडि उभिएर ढुंगामुढा गरिरहेका छन् । ललितपुरका विभिन्न ठाउँमा प्रहरी बिटमा आगो लगाउने र प्रदर्शन गर्ने क्रम जारी छ।

एक समूहले ललितपुर सुनाकोठीको ढोलाहिटीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा समेत आगजनी गरेको छ । आजै बिहानै हरिसिद्धीस्थित प्रहरी प्रभागमा पनि आगजनी भएको छ ।

 


Facebook Comments