पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको घरमा आग*जनी

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68bff58f5f6f1.jpg

काठमाडौं । ’जेनजी’ आन्दोलनले उग्र रूप लिँदै गर्दा प्रदर्शनकारीहरूले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको टोखास्थित निवासमा आगजनी गरेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार, प्रदर्शनकारीहरूको समूहले नाराबाजी गर्दै घरमा आगो लगाएपछि परिवारका सदस्यहरूले हारगुहार गर्दै घरभित्रका सामानहरू बाहिर निकाल्न थालेका छन् ।

अहिले पनि भट्टराईको घरअगाडि प्रदर्शनकारीहरूले नाराबाजी जारी राखेका छन् । यो घटनाले नेताहरूको निवासमाथिको आक्रमण बढ्दै गएको देखाउँछ ।


Facebook Comments