संसद् विघटन गर्नुपर्ने बालेन शाहको माग


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उग्र प्रदर्शनमा उत्रिएका ’जेनजी’ पुस्ताका युवाहरूलाई संयमित हुन आग्रह गर्दै संसद् विघटनको माग अघि सारेका छन् ।
प्रधानमन्त्रीले राजीनामा दिएपछि मंगलबार उनले सामाजिक सञ्जालमार्फत यस्तो आह्वान गरेका हुन् ।
मेयर शाहले प्रदर्शनकारीलाई सम्बोधन गर्दै भनेका छन्, ‘तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला ।’
उनले देशको जनधनको क्षतिलाई सबैको सम्पत्तिको क्षति भएको भन्दै अब संयमित हुन जरुरी रहेको बताएका छन् ।
उनले ’जेनजी’ पुस्ताले नै देशको नेतृत्व गर्नुपर्ने भन्दै यसका लागि तयार रहन आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला। तर याद रहोस्, वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्छ ।’
Facebook Comments