राष्ट्रपति कार्यालय शीतल निवासमा पनि आगजनी


काठमाडौं । ‘जेनजी’ आन्दोलनकारीहरूले आज महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय (शीतल निवास) मा आगजनी गरेका छन् ।
आन्दोलनको दोस्रो दिन प्रदर्शनकारीले नेताका घर, पार्टी कार्यालय र प्रमुख प्रशासनिक केन्द्रहरूलाई निशाना बनाइरहेका छन् ।
यसै क्रममा, शीतल निवासभित्र प्रवेश गरेको प्रदर्शनकारीहरूको समूहले त्यहाँ तोडफोड गरी आगजनी गरेको हो ।
Facebook Comments