पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहको प्रतिमा राखियो

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c00c529eca8.jpg

पोखरा । ‘जेनजी’ आन्दोलनको मौका पारेर पूर्वराजा समर्थकहरूले पोखराको पृथ्वीचोकमा रहेको सहिद लखन थापाको शालिक ढालेर पृथ्वीनारायण शाहको प्रतिमा राखेका छन् ।

दोस्रो जनआन्दोलनपछि यहाँ रहेको पृथ्वीनारायण शाहको शालिक हटाइएको थियो । गणतन्त्र स्थापनापछि सो ठाउँमा सहिद लखन थापाको शालिक राखेर त्यसलाई ‘शहिद चोक’ नामकरण गरिएको थियो । तर, यस विषयमा विवाद भने बेलाबेलामा भइरहन्थ्यो ।

जारी आन्दोलनको अवसर पारेर पूर्वराजा समर्थकहरूले पुरानो शालिक हटाएर नयाँ प्रतिमा राखेका हुन् ।


Facebook Comments