‘जेनजी’द्वारा सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन अपिल

User Image मेयरसाप डेस्क | १८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c012870ab17.jpg

काठमाडौं । ‘जेनजी’ आन्दोलनले देशभर सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन अपिल जारी गरेको छ । आन्दोलनका कारण सरकारले घुँडा टेकिसकेको भन्दै परिस्थितिले नयाँ राजनीतिक निकासको बाटो खोलेको उनीहरूको भनाइ छ ।

सार्वजनिक अपिलमा भनिएको छ, ‘अब यो देश हाम्रो नेतृत्वमा आएको छ, सार्वजनिक सम्पत्ति हामी सबैको सम्पत्ति हो। त्यसैले आन्दोलनमा संलग्न साथीहरूलाई संयमित रहन र सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन हार्दिक अनुरोध गर्दछौं।’

उनीहरूले सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकारको गठन र नयाँ निर्वाचनमा जानुपर्ने आफ्नो न्यूनतम अडान रहेको बताएका छन् । यसैमार्फत सुरक्षित भविष्य भएको नेपाल बनाउन सकिने पनि अपिलमा उल्लेख गरिएको छ ।


Facebook Comments