झापाको दमक भ्यू टावरमा आगजनी


काठमाडौं । ‘जेनजी’ आन्दोलनका प्रदर्शनकारीहरूले झापाको दमकस्थित दमक भ्यू टावरमा आगजनी गरेका छन् ।
मंगलबार देशभर उग्र प्रदर्शन भइरहँदा काठमाडौंमा उनीहरूले सुरक्षाकर्मीको बन्दुक खोसेर चलाएको र सिंहदरबारसहितका प्रमुख प्रशासनिक भवनमा आगजनी गरेको जनाइएको छ ।
उग्र बनेका प्रदर्शनकारीहरूले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विभिन्न अदालतहरू, शीर्ष नेताका घर र कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि पनि प्रदर्शन रोकिएको छैन । यसै क्रममा दमकमा पनि भ्यू टावरमा आगजनी भएको हो ।
Facebook Comments