जेनजीलाई सेनाले भन्यो– ‘संयमित बनौँ, राष्ट्रिय सम्पत्तिको रक्षा गरौँ’

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c01c22a1bb4.jpg

काठमाडौं । नेपाली सेनाले ‘जेनजी’ आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सबैलाई संयमता अपनाउन आग्रह गरेको छ । 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार एक अपिल जारी गर्दै आन्दोलनमा दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

अपिलमा वर्तमान अवस्थालाई थप जटिल हुन नदिन सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबैलाई अनुरोध गरिएको छ । 

सेनाले भनेको छ, “देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण हामी सबैको साझा दायित्व हो।“

नेपाली सेनाले परिस्थितिको निरन्तर निगरानी गरिरहेको र राष्ट्र तथा जनताको सुरक्षाका लागि आफ्नो प्रतिबद्धता कायम रहने जानकारी दिएको छ ।


Facebook Comments