राष्ट्रपतिद्वारा जेनजीलाई वार्तामा आउन आग्रह, संयमित हुन अपील


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनरत ‘जेनजी’ पुस्ताका युवाहरूलाई वार्ता र संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेका छन् ।
मंगलबार एक अपिल जारी गर्दै उनले आन्दोलनलाई संयमित बनाउन र थप क्षति हुनबाट रोक्न अनुरोध गरेका हुन् ।
राष्ट्रपतिले भनेका छन्, ‘लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपिल गर्दछु ।’
उनले देशको विषम परिस्थितिलाई शान्तिपूर्ण रूपमा समाधान गर्न सहयोगका लागि सबै नागरिकहरूलाई अनुरोध पनि गरेका छन् ।
Facebook Comments