नक्सालस्थित भाटभटेनीमा आगजनी


काठमाडौं । ‘जेनजी’ आन्दोलनका प्रदर्शनकारीहरूले नक्सालस्थित भाटभटेनी सुपर स्टोरमा लुटपाट गरेर आगजनी गरेका छन् ।
यो भाटभटेनी चेनको सबैभन्दा पुरानो र पहिलो स्टोर हो, जसलाई २०४३ सालमा व्यवसायी मीनबहादुर गुरुङले स्थापना गरेका थिए ।
भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानू पौडेलका अनुसार, प्रदर्शनकारीले स्टोरबाट सामानहरू लुटेपछि आगो लगाएका हुन् ।
आगलागीबाट भएको क्षतिको यकिन विवरण आइसकेको छैन, तर पूरै स्टोरमा आगो लगाइएको उनले बताएका छन् ।
यसअघि राजावादी आन्दोलनका क्रममा कोटेश्वरको भाटभटेनीमा पनि लुटपाट भएको थियो ।
Facebook Comments