भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शनकारीले लगाए आ*गो
मेयरसाप डेस्क
|
२०८२ भदौ २२ गते १९:५७
काठमाडौं । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । उनीहरूले मंगलबार साँझ विमानस्थलभित्र प्रवेश गरी आगजनी गरेका हुन् ।
प्रदर्शनकारीहरूको आगजनीका कारण भैरहवा विमानस्थलमा पार्किङ गरी राखिएका ५ वटा चारपाङ्ग्रे र दुई वटा दुई पाङ्ग्रे सवारीसाधन जलेका छन् । आगजनीबाट पार्किङ गरी राखिएका केही सवारी साधनमा क्षति पुगेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।
Facebook Comments