जेनजी प्रदर्शनकारीको आक्र*मणबाट दुई प्रहरीको मृ*त्यु

काठमाडौं । ‘जेनजी’ पुस्ताको मंगलबारको प्रदर्शनका क्रममा भएको आक्रमणबाट प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई जना प्रहरीको मृत्यु भएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले यस घटनाको पुष्टि गरेका छन् ।
मृत्यु हुनेमा एक जना सहायक निरीक्षक (असई) र अर्का एक जना प्रहरी रहेका छन् । प्रवक्ता घिमिरेले अन्य स्थानमा भएको क्षतिको यकिन विवरण आइनसकेको बताएका छन् ।
उनले भने, ‘केही प्रहरीहरू अझै सम्पर्कविहीन छन्, त्यसैले सबै विवरण आइनसकेको अवस्था छ।’
Facebook Comments