काठमाडौं र पोखराबाट सेनाद्वारा हातहतियार बरामद


काठमाडौं । नेपाली सेनाले देशभर चलेको ‘जेनजी’ आन्दोलनको क्रममा काठमाडौं र पोखराबाट ठूलो संख्यामा हातहतियार बरामद गरेको छ । बुधबार बिहान एक विज्ञप्ति जारी गर्दै सेनाले यसबारे जानकारी दिएको हो ।
विज्ञप्तिअनुसार, काठमाडौंको विभिन्न स्थानबाट २३ र पोखराबाट ८ नाल गरी कुल ३१ नाल विभिन्न किसिमका हतियार र ठूलो परिमाणमा म्यागजिन एवं गोलीगठ्ठा बरामद गरिएको छ ।
यसैबीच, आन्दोलनका क्रममा घाइते भएका २३ जना नेपाल प्रहरी र तीन जना सर्वसाधारणको सैनिक अस्पतालहरूमा उपचार भइरहेको पनि सेनाले जनाएको छ ।
Facebook Comments