मुख्यसचिवको आपतकालीन बैठक: प्रशासनिक सेवा सुचारु गर्ने तयारी


काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा आज दिउँसो साढे १२ बजे भर्चुअल बैठक भएको छ ।
हालैको ‘जेनजी’ आन्दोलनका कारण प्रशासनिक संरचना र अत्यावश्यक सेवाहरूमा परेको असरबारे छलफल गरी तत्काल सेवा सुचारु गर्ने उद्देश्यले यो बैठक आह्वान गरिएको हो ।
स्रोतका अनुसार, बैठकमा प्रशासनिक सेवा सञ्चालनका लागि आवश्यक निर्णयहरू लिइनेछ ।
साथै, देशको समसामयिक परिस्थितिबारे पनि गम्भीर छलफल हुनेछ । बैठकमा सबै सचिवहरूको सहभागिता रहने जनाइएको छ ।
Facebook Comments