भाटभटेनीमा लुटपाट र आगजनी जारी


काठमाडौं । आन्दोलनको नाममा अराजक समूहले बुधबार पनि तोडफोड, आगजनी र लुटपाट जारी राखेका छन् । आज उनीहरूले कलङ्कीस्थित भाटभटेनी सुपर स्टोरमा तोडफोड गरी सामानहरू लुटेका छन् ।
लुटेराहरूले स्टोरबाट सामान बाहिर ल्याएर तोडफोड गर्नुका साथै आफूसँग लगेको जनाइएको छ । यसैगरी, भाटभटेनीभित्रै रहेको हिमालयन बैंक र एनआईसी एसिया बैंकको एटिएम पनि तोडफोड गरी लुटिएको छ ।
यसअघि कोटेश्वर, महाराजगञ्ज र बौद्धस्थित भाटभटेनी स्टोरहरू पूर्ण रूपमा ध्वस्त भइसकेका छन् । यसैगरी, एक वेयरहाउस पनि नष्ट भएको छ ।
Facebook Comments