प्रचण्डकी छोरी गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो श*व

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/deadbody1662053113.jpg

ललितपुर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) की छोरी गंगा दाहालको घरमा जलेको अवस्थामा एक जनाको शव भेटिएको छ । ललितपुरको ढोलाहिटीमा रहेको दाहालको घरमा मंगलबार लागेको आगोमा जलेको अवस्थामा आज एक जना पुरुषको शव भेटिएको हो । 

मंगलवार जेनजीले गरेको प्रदर्शनका क्रममा दाहालको घरमा आगो लगाइएको थियो । आगोमा परेर मृत्यु भएका एक जना पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । शव पहिचान हुन सकेको छैन।

 


Facebook Comments