संसद् भवन ध्वस्तपछि प्रतिनिधिसभा बैठक अनिश्चितकालीन स्थगित


काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवन ध्वस्त भएपछि आज (बुधबार) का लागि बोलाइएको प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले एक सूचना जारी गर्दै सभामुख देवराज घिमिरेले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिएका छन् ।
सूचनामा भनिएको छ, ‘मिति २०८२ साल भदौ २५ गते बुधबार दिनको १ः०० बजे बस्ने गरी निर्धारित प्रतिनिधिसभा बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले स्थगित गरिएको छ ।’
यसअघि, भदौ २३ गतेका लागि बोलाइएको राष्ट्रियसभा बैठक पनि सोही कारणले अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
Facebook Comments