तोसिमा कार्कीले भनिन्– ‘क्षतिको दोष जेनजी होइन’

User Image मेयरसाप डेस्क | १२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c13ac15bf66.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले ‘जेनजी’ आन्दोलनमा भएको क्षतिको दोष आन्दोलनकारीलाई मात्र नलगाउन आग्रह गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत जेनजी पुस्ताको साहसका कारण नै देश आज भ्रष्टहरूको चङ्गुलबाट मुक्त भएको बताएकी छन् ।

सांसद कार्कीले भनेकी छन्, “सबैमा आग्रह गर्न चाहन्छु, सम्पूर्ण क्षति र विनाशको दोष आजसम्म देशलाई भ्रष्टहरूले लुटेर नवयुवाहरूलाई जीवनको बाजी राखेर क्रान्तिमा होमिन बाध्य बनाउने हामी सबै नेपालीले लिनुपर्छ। तर, अब नयाँ नेपालको नेतृत्वको जिम्मा जेनजी पुस्ताको हो।”

उनले कसैलाई पनि आन्दोलनमा घुसपैठ र राजनीतिकरण नगर्न आग्रह गर्दै विदेशी तत्त्वबाट समेत देश जोगाउनुपर्नेमा जोड दिएकी छन् । उनले थपेकी छन्, “जेनजी पुस्ता, तपाईंहरू संयमित, सुरक्षित र जिम्मेवार भएर नयाँ नेपाल निर्माणको नेतृत्व लिनुहोस्। म यस अभियानमा सधैँ तपाईंहरूसँगै इमानदार भएर उभिनेछु, जसरी दुई दिनमा भ्रष्टहरूको पन्जाबाट देशलाई आजाद बनाउनुभयो।”


Facebook Comments