दक्षिण कोरियामा लगातार रोजगारी वृद्धि


एजेन्सी । दक्षिण कोरियामा अगस्ट महिनामा पनि रोजगारीको संख्यामा लगातार आठौं महिना वृद्धि भएको छ ।
राष्ट्रिय सांख्यिकी कार्यालयको तथ्यांकअनुसार, १५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूको रोजगारीमा १ लाख ६६ हजार ले वृद्धि भई कुल संख्या २ करोड ८९ लाख ६७ हजार पुगेको छ । यो वृद्धि जनवरीदेखि निरन्तर रहेको छ, यद्यपि अगस्टको वृद्धिदर जुलाईको तुलनामा थोरै कम छ ।
रोजगारीमा भएको यो वृद्धि विशेष गरी ६० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूमा केन्द्रित छ, जसको रोजगारी ४ लाख १ हजारले बढेको छ । यसैगरी, ३० वर्षका व्यक्तिहरूको रोजगारीमा पनि ९६ हजारको वृद्धि भएको छ ।
तर, युवा रोजगारीको अवस्था भने चिन्ताजनक देखिएको छ । १५–२९ वर्षका युवाहरूको रोजगारीमा २ लाख १९ हजारको ठूलो कमी आएको छ । यस्तै, ४० र ५० वर्षका व्यक्तिहरूको रोजगारी क्रमशः ७३ हजार र ३८ हजारले घटेको छ ।
निर्माण क्षेत्रमा पनि रोजगारीको संकट देखिएको छ । यस क्षेत्रमा ६१ हजार रोजगारी घटेको छ, जुन लगातार १४ महिनादेखि घटिरहेको छ ।
अगस्टमा बेरोजगार व्यक्तिहरूको कुल संख्या ५ लाख ९२ हजार पुगेको छ, जुन गत वर्षको तुलनामा २८ हजार बढी हो ।
यसले गर्दा बेरोजगारी दर ०.१ प्रतिशतले बढेर २.० प्रतिशत पुगेको छ । १५–२९ वर्षका युवाहरूको बेरोजगारी दर भने ०.६ प्रतिशतले बढेर १५.३ प्रतिशतमा पुगेको छ ।
Facebook Comments