बैतडी कारागारमा आगजनीपछि कैदी फरार, खोजीकार्य सुरु


बैतडी । बैतडी कारागारमा आगजनी र तोडफोड गरी फरार भएका ६२ जना कैदीबन्दीको खोजी गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिएअनुसार मंगलबार राति ८ः३० बजेतिर कारागारको गेट तोडेर उनीहरू भागेका थिए ।
कैदीबन्दीहरूले दिउँसोदेखि नै आगजनी र तोडफोड गरिरहेको भए पनि सुरक्षाकर्मीले उनीहरूलाई रोक्न सकेनन् । आगजनीबाट कारागार भवन ध्वस्त भएको छ ।
फरार कैदीहरूलाई पक्राउ गरिए पनि उनीहरूलाई राख्ने ठाउँको समस्या भएको प्रजिअ पौडेलले बताएका छन् । यस घटनाले आपराधिक गतिविधि बढ्ने चिन्ता पनि थपेको छ ।
केही कैदीबन्दीहरू भने प्रशासनको सम्पर्कमा आएका छन् ।
Facebook Comments