जेनजी प्रतिनिधि भन्छन्– ‘दुर्गा प्रसाईं र रास्वपालाई वार्तामा राख्ने प्रस्ताव स्वीकार्य छैन’

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c1533015d3c.jpg

काठमाडौं । जेनजी आन्दोलनका प्रतिनिधि र प्रधानसेनापतिबीच भएको पछिल्लो छलफलमा सहमति जुट्न नसकेको बताइएको छ । जेनजी प्रतिनिधि रक्षा बमले केही सैद्धान्तिक कुरामा कुरा नमिलेपछि आफू छलफलबाट बाहिरिएको जानकारी दिएकी छन् ।

बमले भनिन्, ‘हामीलाई राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईं र रास्वपा समूहसँग पनि वार्तामा बस्नुस्, उहाँहरू पनि स्टेकहोल्डर हो भनेर स्वयं प्रधानसेनापतिले भनेपछि हामीले त्यस प्रस्तावलाई अस्वीकार गर्यौं। जेनजी आन्दोलनको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी छलफलबाट बाहिरिएका हौँ ।’

उनले नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदर्शनकारी जेनजी समूहसँग छलफलका लागि तयारी गरिरहेको पनि बताएकी छन् । यसअघि गए राति पनि बमसहित जेनजीका ९ प्रतिनिधि र प्रधानसेनापतिबीच छलफल भएको थियो ।


Facebook Comments