मानव अधिकार आयोगले भन्यो–लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हो

User Image मेयरसाप डेस्क | २०८२ भदौ २५ गते २०:३६
Image of https://mayorsap.com/storage/photos/10/manab adhikar.jpg

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुने बताएको छ । जेनजीले गरेको दुई दिनको प्रदर्शनपछि आज विज्ञप्ति जारी गर्दै आयोगले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै भएकाले हिंसात्मक कार्य नगर्न अनुरोध गरेको हो । 

भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शन र त्यसपछिको उत्पन्न अवस्थाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले अनुगमनलाई निरन्तरता दिएको जनाएको छ । 

आयोगलेदेशका विभिन्न शहरहरुमा भएको दुई दिनको प्रदर्शनपश्चात लागेको निषेधाज्ञाको समयमा समग्र मानव अधिकारको स्थिति एवम् मृतकका परिवार र घाइतेहरूको अवस्था बुझ्ने कार्यमा आयोग निरन्तर लागिरहेको जानकारी गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘देशका विभिन्न शहरहरुमा भएको दुई दिनको प्रदर्शनपश्चात लागेको निषेधाज्ञाको समयमा समग्र मानव अधिकारको स्थिति एवम् मृतकका परिवार र घाइतेहरूको अवस्था बुझ्ने कार्यलाई आयोगले आज पनि निरन्तरता दिएको हो । आयोगको अनुगमन अनुसन्धान कार्यमा आवश्यक सहयोग पुर्‍याउनुका साथै मानव अधिकारकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सेवा प्रदायकलाई आवतजावतमा सहजीकरण गर्न समेत आयोग सम्बन्धित सबैमा आग्रह गर्दछ ।’

 


Facebook Comments