धादिङ कारागारमा भागाभाग, सेनाको गोली लागेर एक कैदीको मृ*त्यु

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68c169310c622.JPG

धादिङ । धादिङस्थित जिल्ला कारागारबाट कैदीबन्दी भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

जिल्ला कारागारमा रहेका २४३ कैदीबन्दीमध्ये अन्दाजी ७५ वर्षीय एक कैदीको सेनाको गोली लागेर मृत्यु भएको हो ।

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार, मंगलबार रातिदेखि कैदीबन्दीहरूले कारागारमा आगजनी गरी सुरक्षा घेरा तोड्न खोजेका थिए ।

नख्खु कारागारबाट पूर्वगृहमन्त्री रवि लामिछानेसहितका कैदीबन्दीहरूलाई छाडेको भन्दै उनीहरूले आफूहरूलाई पनि रिहा गर्न माग गरेका थिए ।

स्थितिलाई नियन्त्रणमा लिन सुरुमा पानीको फोहोरा प्रयोग गरिएको थियो । तर, उनीहरूले सेनामाथि नै आक्रमण गर्न थालेपछि गोली चलाउनु परेको हो ।

घटनामा सात जना पुरुष कैदीबन्दी घाइते भएका छन्, जसलाई सेनाको सुरक्षामा उपचारका लागि काठमाडौँ पठाइएको छ ।

यस्तै, सात जना प्रहरी पनि घाइते भएका छन्, जसको अवस्था सामान्य रहेको जनाइएको छ ।


Facebook Comments