ट्रम्पका कट्टर समर्थक चार्ली किर्कको गोली हानेर ह*त्या

User Image मेयरसाप डेस्क | २०८२ भदौ २६ गते १०:३५
Image of https://mayorsap.com/storage/photos/10/68c26050c8d79.jpeg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक र दक्षिणपन्थी कार्यकर्ता चार्ली किर्कको बिहीबार युटास्थित युटा भ्याली विश्वविद्यालयमा गोली हानी हत्या गरिएको छ । उनी ‘द अमेरिकन कमब्याक टुर’ कार्यक्रममा सहभागी थिए ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा किर्क माइकमा बोलिरहेका बेला अचानक घाँटीमा गोली लागेको देखिन्छ । उनी धेरै रक्तस्राव भएर ढलेका थिए ।

किर्कको हत्यापछि ट्रम्पले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिँदै उनलाई ‘महान् अमेरिकी देशभक्त’ को संज्ञा दिएका छन् । ट्रम्पले उनको सम्मानमा अमेरिकाभरका सबै झन्डा आइतबार साँझ ६ बजेसम्म आधा झुकाउन आदेश दिएका छन् ।

कार्यक्रममा उपस्थित केही व्यक्तिहरूका अनुसार, सामूहिक गोलाबारीसम्बन्धी प्रश्नोत्तर चलिरहेको बेला किर्कमाथि आक्रमण भएको थियो ।

चार्ली किर्क ‘टर्निङ प्वाइन्ट युएसए’ नामक संस्थाका सञ्चालक थिए, जसले युवाहरूलाई राजनीतिक शिक्षा दिने काम गर्दथ्यो । आक्रमणकारीको पहिचान भने अझै खुलेको छैन ।


Facebook Comments