जंगीअड्डा अगाडि सुशीला कार्कीविरुद्ध प्रदर्शन
मेयरसाप डेस्क
|
२०८२ भदौ २६ गते ०९:३१
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउन खोजिएको भन्दै केही युवाहरूले नेपाली सेनाको मुख्यालय जंगीअड्डाअगाडि प्रदर्शन गरेका छन् ।
उनीहरूले जेनजी आन्दोलनको माग कार्कीलाई सरकार प्रमुख बनाउने नभएको बताएका छन् ।
प्रदर्शनकारी युवाहरूले समाचार संकलनका लागि त्यहाँ पुगेका भारतीय सञ्चारमाध्यमहरूविरुद्ध पनि आक्रोश व्यक्त गरेका छन् ।
उनीहरूले ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै भारतीय मिडियालाई जंगीअड्डामा प्रवेश दिएकोमा विरोध जनाएका छन् ।
नेपाली मिडियालाई भने भित्र जान नदिएको भन्दै उनीहरूले नाराबाजी गरेका थिए । अहिले सेनाले प्रदर्शनकारी युवाहरूलाई त्यहाँबाट हटाउने प्रयास गरिरहेको छ ।
Facebook Comments