प्रधानमन्त्री निवास नजिकैको वर्कसपमा दुईवटा श*व फेला

User Image मेयरसाप डेस्क | २०८२ भदौ २६ गते ०७:११
Image of https://mayorsap.com/storage/photos/10/68c269793812a.jpg

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ‘पवित्र वर्कसप’ मा जलेको अवस्थामा दुईवटा शव फेला परेका छन् । जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट जलेका ती शव कसका हुन् भन्ने पहिचान खुल्न सकेको छैन ।

सुरक्षा स्रोतका अनुसार, आज बिहान सरसफाइ गर्ने क्रममा शवहरू भेटिएका हुन् । वर्कसप प्रधानमन्त्री निवास र राष्ट्रपति भवनको बीचमा पर्दछ, जहाँ नजिकै नेपाली सेनाको भैरवनाथ गण रहेको छ ।

सुरक्षा स्रोतले प्रदर्शनका क्रममा उक्त वर्कसपमा आगजनी नभएकाले शवहरू अन्यत्र जलेको वा मारिएपछि त्यहाँ फालिएको हुन सक्ने अनुमान गरेको छ ।


Facebook Comments