त्रिविले कात्तिक ११ सम्म पठनपाठन बन्द गर्ने

User Image मेयरसाप डेस्क | २०८२ भदौ २६ गते ०२:१८
Image of https://mayorsap.com/storage/photos/10/68c26ab1e60f7.jpg

चितवन । मुलुकको वर्तमान विषम परिस्थितिलाई ध्यानमा राख्दै त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म सम्पूर्ण पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ ।

आज विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गर्दै यो जानकारी दिएको हो ।

रजिस्ट्रार कार्यालय प्रमुख लिली थापा क्षेत्रीले जारी गरेको सूचनाअनुसार, बिदाको यो अवधि हिउँदे बिदाबाट कटौती गरिनेछ ।

यस निर्णयसँगै त्रिवि अन्तर्गतका सम्पूर्ण क्याम्पस तथा शैक्षिक संस्थाहरूमा पठनपाठन बन्द हुने भएको छ ।


Facebook Comments